पोखरामा 'अन्तर्राष्ट्रिय फुटबल' जारी, आज ६ खेल

पाेखरा | माघ १६, २०८१

पोखरामा 'अन्तर्राष्ट्रिय फुटबल' जारी, आज ६ खेल

पोखरा:  ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित पोखराको टुंडिखेलमा जारी प्रतियोगितामा आज ६ खेल सम्पन्न भएका छन् ।

 

बगर भाइखलकको आयोजनामा जारी १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगितामा आज पहिलो चरण अन्तर्गतकै खेल भएका हुन् ।

 

पोखरा महानगरपालिका १ बगरस्थित पुरानो टुंडिखेलमा आज (बुधबार) भएको पहिलो खेलमा बिबिसी काठमाडौंको अनुपस्थितिमा ताकामी काठमाडौंले वाक ओभरमार्फत विजयी बन्यो ।

 

यस्तै दोस्रो खेलमा चितवन भेट्रान्स र सुनाखरी भेट्रान्स ललितपुर बीच भएको खेलमा चितवनका एक खेलाडीको निर्धारित उमेर कम (४० वर्ष मुनीका) खेलाडी खेलाएका प्रोटेस्टको आधारमा ललितपुर विजयी बन्यो ।

 

तेस्रो खेलमा गार्डेन एफसी पोखराले एनजेजेभिसी सिमरालाई २–० गोल अन्तरले पराजित गर्याे । यस्तै चौंथो खेलमा चियापप ठमेलको अनुपस्थितिमा ब्रदर्शहुड काठमाडौं वाकओभरमार्फत विजयी बन्यो ।

 

पाँचौ खेलमा फ्रिडम फाइटरले र कुपण्डोललाई २–० गोल अन्तरले हराउँदै फाइटर दोस्रो चरणमा प्रवेश गर्याे ।

 

आज भएको झम्सीखेल र गण्डकी स्पोर्टस् क्लबबीच भएको अन्तिम खेल –१ गोलको बराबरीमा निर्धारित समयसकिएपछि पेनाल्टी सुटाउटमा झम्सीखेल विजयी बन्यो ।

 

भोलि पनि पहिलो चरणकै खेलहरुहुने बगर भाइखलकका अध्यक्ष इश्वरमान गुरुङले जानकारी दिए ।

 

शुक्रबारबाट मात्र ५० वर्ष माथी उमेर समूहतर्फको खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।

 

प्रतियोगितामा ४० वर्ष उमेर समूहतर्फको विजेताले २ लाख उपविजेताले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सो उमेर समूहको विधागततर्फ सर्वोकृष्ट खेलाडीले नगद १५ हजार, उत्कष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फवार्ड र प्रशिक्षकले नगद ५ र ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । 

 

यस्तै ५० वर्ष उमेर समूहतर्फको  विजेताले १ लाख र उपविजेताले ५० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने, ६० वर्ष उमेर समूहतर्फको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 

प्रतियोगितामा भारतको देहरादुन, काठमाडौं, ललितपुर, चितवन, सिरहा, हेटौंडा, सर्लाही, बुटवल,सिमरा,कैलाली, झापा, बिर्तामोड र पोखराका स्थानीय टिमको सहभागिता रहेको छ । 

 


 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्